राम्रो कथा आएमा बोल्ड बन्न आपत्ती छैन : करिश्मा (भिडियोसहित)

तपाई र सलोनको प्रेम सम्बन्ध हो भन्ने प्रश्नमा करिश्माले भनिन्-‘यसलाई प्रेम भन्न मिल्दैन । हामी दुई मिल्ने साथी हौं । साथको आवश्यक परेमा एक-अर्काको लागि हाजिर पनि हुन्छौ । तर, यसलाई अहिले नै प्रेम भन्न मिल्दैन । भोलीको दिनमा के हुन्छ हेर्दै जाउँ ।’
करिश्मा यो क्षेत्रमा लागेर सफलताका थुप्रै सिडी चढ्ने चाहना राख्छिन् । यसका लागि उनीसँग के क्षमता छ त, करिश्माले भनिन्-‘मसँग अभिनय छ, नृत्य छ । अरु कुरा सिक्दै जानुपर्छ । सबैभन्दा ठूलो कुरा मानिसको व्यवहार राम्रो हुनुपर्छ ।’
Karishma Shrestha_1
तपाई कती राम्री ? करिश्माले आफूलाई १० मा ५ नम्बर दिइन् । कस्तो भूमिका गर्न मन छ त, करिश्माले थप्दै भनिन्-‘म अभिनय देखाउने भूमिका गर्न चाहन्छु । सामान्य भूमिका मेरा लागि सुहाउँछ । तर, बोल्ड क्यारेक्टर पनि म गर्न चाहन्छु ।’
बोल्ड क्यारेक्टर भनेको कस्तो, कत्तीको उदारता देखाउन सक्नुहुन्छ तपाई ? प्रश्नमा करिश्माले थपिन्-‘राम्रो कथा आएको खण्डमा मलाई खुल्न आपत्ती छैन । म बोल्ड बन्न सक्छु ।’Karishma Shrestha-1
अनी तपाई व्यक्तीगत रुपमा आफूलाई कत्तीको बोल्ड ठान्नुहुन्छ त ? करिश्माले जवाफ दिइन्-‘म बोल्ड छैन । मैले आफूलाई बाथरुममा नाङ्गो रुपमा हेरेकी छु । मेरो शरीर ठिकै छ ।’
नेपाली चलचित्रमा लामो रेशको घोडा बनेर अगाडि बढ्न चाहेकी करिश्मा आफूले सकेको मिहिनेत यो क्षेत्रमा गर्ने सुनाउँछिन् । by onlinekhabar
