नवविवाहित महिलाको जलाएर हत्या
२६ माघ, लहान ।
सिरहाको गोलबजार नगरपालिका–२ चोहर्वामा आज एक नवविवाहिता महिलाको जलाएर हत्या गरिएको छ ।
आफ्नै घरको कोठामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि २३ वर्षीया सरिता सहनीको मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए । गत मङ्सिरमा विवाह भएकी सहनी आफैँले शरीरमा आगो लगाएर आत्महत्या गरको भन्दै उनका पति सीताराम सहनी घरका सबैजनासहित फरार भएका छन् ।
मृतक सहनीकोे शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहरी निरीक्षक निरौलाका अनुसार घटनास्थल प्रकृति मुचुल्कासहित शव परीक्षणका लागि पठाइएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने छ । रासस by nepaliheadlines
