ब्लु फ्लिम मन पर्छ ,साथिको मोबाइलमा ब्लु फ्लिम हेरेको छु :केकी आधिकारी



नेपाली सिनेमा तथा म्युजिक भिडियोमा काम गर्ने कलाकार हुन केकी अधिकारी । उनले चलचित्रहरु त धेरै खेलेकी छैनन तर म्युजिक भिडियोमा अभिनय गरेको कारण उनलाई प्राय नेपालीहरुले चिन्छन् ।



उनी एक लगनशिल पढेलेखेकी र राम्री कलाकारको रुपमा पनि चिनिन्छिन । उनी चलचित्र निर्देशक बद्रि अधिकारीकी छोरी पनि हुन त्यसैले पनि उनलाई कलाकारिता क्षेत्रमा आउन सजिलो भएको हो । उनै राम्री नायिका एवम मोडल केकी अधिकारीसँग गरिएको कुराकानी –

· नामको अर्थ ?
मयुर
· घुम्न मन लागेको देश ?
स्विजरल्यान्ड
· गर्न मन लागेर पनि नपाएको कुरा ?
एमबीबीए गर्न
· मिठो पकाउने खानेकुरा ?
चाउचाउ । अरु त आउँदैन ।
· भेट्न मन लागेको व्यक्ति ?
सलमान खान
· डेटमा जान मन लागेको सेलिब्रेटी ?
सलमान खान
· चुम्वन गर्न मन लागेको सेलिब्रेटी ?
त्यस्तो कोही पनि छैन ।
· विवाहको बारेमा सोच्नु भएको छ ?
अहिले त्यस्तो केही पनि सोचेको छैन
· मनपर्ने नेता ?
गगन थापा
· मोडलिङ कि चलचित्र ?
कलाकारिता
· अवको दश वर्षपछिको केकी ?
विवाह गरेर घरजम गरेको हुन्छु होला ।
· तपाई सिनेमा क्षेत्रमा जम्न सक्नु भएन भन्छन् नि ?
दुई सिनेमा खेल्दैमा यसको मुल्यांकन गर्ने वेला अयो जस्तो लाग्दैन मलाई ।
· के पाउनु भयो सिनेमा क्षेत्रमा आएर ?
जीवनमा धैर्य गर्न सक्नुपर्छ भन्ने कुरा सिकंे मैले
· देशको महिला मन्त्री भए ?
महिला र बालबालिकाको हितका लागि काम गर्थें
· मनपर्ने युवक ?
बौद्धिक र बुझ्ने खालको
· आफूले आफूलाई मुल्यांकन गर्दा ?
म मा धेरै कमजोरी छ । अरुलाई चाँडै विश्वास गर्छु,जसले मलाई धेरै ठाउँमा धोका दिएको छ ।
· तपाई बाटोमा हिँड्दा कसैले पछाडिबाट पिटेमा ?
पहिला त ऐया नै भन्छु नि
· सिनेमा क्षेत्रमा गर्न मन लागेको कुरा ?
मलाई रानी मुखर्जीले ‘ब्ल्याक’ सिनेमामा गरेको भुमिका गर्न मन लागेको छ
· सेक्सी लाग्ने कलाकार ?
टोम ह्याङस, जस्टिन हर्सम्यान र व्राड पिट · झट्ट हेर्दा पुरुषको मन पर्ने कुरा ?
आँखा
· अवको योजना ?
पहिला एमबीबीए पूरा गर्छु अनि म्युजिक भिडियो र फिल्ममा काम गर्छु । कम सिनेमा खेल्छु तर स्तरीय खेल्छु ।
· ब्लु फिल्म हेर्नु भएको छ ?
हेरेको छु तर पुरै भने कुनै पनि हेरेको छैन । साथीको मोवाईलमा साथीले देखाउँदा हेरेको छु ।
· तपाईको मोवाईल या कप्युटरमा यस्तो सिनेमा छ ?
छैन
· ब्लु फिल्म हेर्न कत्तिको कौतुहलता लाग्छ ?
त्यस्तो लाग्दैन, साथीहरुले मेरो मोवाईलमा छ भन्दा हेर्न मन लाग्छ ।
· अन्त्यमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मायाको बारीमा’को बारेमा के भन्नुहुन्छ ?
यो सिनेमामा माया प्रेममा हुने ‘जेनेरेशन ग्याप’लाई देखाईएको छ । यो एक मसलेदार सिनेमा हो ।source:dainik khabar




प्रतिक्रिया दिनुहोस्...