नेपालीहरुको लागि अत्यन्तै खुशीको खबर..अब नेपाली सजिलै जापान जान सक्ने..



टोकियो । पछिल्लो समयमा जापानमा भिषामा कडाइ गरिने हल्ला चलिरहेका बेला जापानले भने विदेशी कामदारको संख्या बढाउने नयाँ नीति ल्याएको छ । यो संगै अब नेपाली कामदारलाई पनि जापान प्रवेशमा

सहज हुने भएको छ । नेपालबाट कामदार लैजानका लागि नेपाल ह्युमन डेभलपमेन्ट कम्पनीलाई जापान सरकारको मातहतमा रहेको जापान अन्तर्राष्ट्रिय प्रशिक्षण समन्वय संस्था ‘जिटको’ बाट आधिकारिक एजेन्ट नियुक्त गरिएको छ । कम्पनीका तर्फबाट अनोज शाक्यलाई जिटकोले ६ महिना लामो तालिमसंगै प्रशिक्षर्थी कामदार छनौट अनुमतिपत्र प्रदान गरिएको छ । जिटको जापान सरकारका ५ वटा मन्त्रालय र अध्यागमन कार्यलय मातहतको संस्था हो । कामदारहरुलाई तालिम दिएसँगै नेपालबाट औधौगिक प्रशिक्षार्थी कामदारका लागि आवश्यक नियम, कानुन तथा कम्पनीको बारेमा जानकारीसहितको आधारभूत विषयको प्रशिक्षण पनि शाक्यले दिनेछन् । नेपालसँगै चीन, फिलिपिन्स, कम्बोडिया र जापाका करिब ३० जनाले उक्त अनुमति पाएका छन् । शाक्य नेपालबाट प्रमाणपत्र पाउने पहिलो आधिकारिक प्रशिक्षार्थी हुन् । Source: Nepal Sandesh.com




प्रतिक्रिया दिनुहोस्...