सुहागरातमा के गर्ने त ?जानी राखौ
पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ।
तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ।
म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘ आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्।
उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्।दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ।हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सु
source:online khabar
