आफ्नै महंगो मूर्ती राखेर मन्दिर बनाएपछि रिसाए मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको राजकोटमा आफ्नो मन्दिर बनाएकोमा कडा आपत्ति जनाएका छन् ।
मोदीले ट्विट गर्दै यस्तो काम संस्कृतिको विरुद्धमा भएको समेत जनाएका छन् । मोदीको आपत्तिपछि उनका समर्थकरुले उनको मूर्ती भने तत्कालै ढाकेका छन् ।
यसअघि लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले शानदार जित हासिल गरेपछि गुजरात सरकारले पाठ्याक्रममा मोदीको जीवनी सामेल गर्ने घोषणा गरेको थियो ।
त्यसबेला पनि मोदी रिसाएका थिए । अहिले मन्दिर नै बनाएपछि उनी झनै रिसाएका हुन् । ट्विटरमा मोदीले भनेका छन्, ‘मेरो नामको मन्दिर बनाएकोमा म चकित भएको छु । यो आश्चर्य र भारतको महान् परम्पराको विरुद्धमा छ ।’
मोदीले दोस्रो ट्विटमा उनले आफू यस घटनाबाट दुःखी भएको भन्दै यस्तो नगर्न समर्थकहरुलाई आग्रह गरेका छन् भने तेस्रो ट्विटमा उनले आफूहरुको साथमा स्रोत साधन भएको भन्दै आफू स्वच्छ भारत अभियानमा रहेको भन्दै यो सपना पुरा हुनेगरी काम गर्न आग्रह गरेका छन् ।
उक्त मन्दिरका लागि उडिसाबाट कालिगढ बोलाएर बनाइएको मोदीको मूर्तीको मुल्य १ लाख ६५ हजार भारु रहेको छ ।




