चोरी औंलाबाट थाहा हुन्छ तपाईंको प्रगती
हाम्रो आसपासमा सबै
मानिसका रुची फरक फरक हुन्छन्
।
र भाग्यथाहा पाउन उत्सुक हुन्छन्
।हस्तरेखा शास्त्र
अर्थात समुन्द्र शास्त्रका अनुसार
मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व
क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।
चोरी औंलाको प्रभाव चोरी औंलाको तल
पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु
औंला पनि भन्ने गरिन्छ ।
सामान्यतया यही औंलाको आधारमा नै कुनै
पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र
शास्त्रको दावी छ ।
यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ
अर्थात केही लामो छ भने
यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम
पनि बन्न सक्छन् ।
यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले
हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।
यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ
भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ ।
यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र
तानाशाही स्वभावका पनि हुन्छन् ।
त्यसैगरी कुनै
पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ
भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम
महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई
नयाँ काम गर्न उत्साह देखिँदैन ।
यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने
यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र
कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् ।
यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु
पर्छ ।
यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर
भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त
गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट
रहन्छन् ।
समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् ।
तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने
हस्तरेखा शास्त्रको दावी छ ।
यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई
भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व
क्षमता राम्रो हुन्छ ।
तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने
त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र
यिनीहरुको हिनताबोध बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने
ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले
दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर
र समाजमा राम्रो स्थान हुन्छ ।
तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण
रुपमा गर्न सक्दैनन् ।
जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ
यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल
देखाउन खोज्छन् ।source:ghaubeshi khabar
