अर्की अमेरिकी महिलाको पनि आईएसद्वारा हत्या
एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेटले आफ्नो कब्जामा रहेकी अमेरिकी महिलाको पनि हत्या भएको खुलासा भएको छ ।
हत्याको घटना सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति खेद व्यक्त गर्दै आईएससँग बदला लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
ओबामाले आइएसको हर्कत घृणित र विश्वकै मानव सभ्यताको विपरित भएकामे भन्दै विश्वका कुनै पनि नागरिकका लागि असह्य भएको टिप्पणी गरेका छन् ।
२६ वर्षीय मुलरलाई सिरियामा राहत सामग्री बितरणका क्रममा सन् २०१३ मा एल्लोपो शहरबाट आईएसले कब्जा गरेको थियो ।
यसअघि आईएसले मुलर जोर्डनको हवाई हमलामा मारिएको ट्वीटर मार्फत सार्वजनिक गरेको थियो । मुलरको हत्यापछि उनको परिवारले आइएसलाई भगवानले पनि क्षमा नगर्ने प्रतिक्रिया दिएको छ ।
