'पुलिस हेड क्वार्टर नजिकै आक्रमण, ८ जनाको मृत्यु



५ फागुन, इस्लामावाद ।
पाकिस्तानको लाहौरमा गरिएको आत्मघाती आक्रमण हुँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । घटनामा अन्य कैयौं घाइते भएका छन् ।

किला गुज्लरसिंह इलाकामा रहेको पुलिस हेडक्वार्टर नजिकै भएको उक्त आक्रमणमा आत्मघाती आक्रमणकारी समेत मारिएको समाचारमा जनाइएको छ ।

ब्यस्त बजारकोबीचमा रहेको एक गाडीमा यस्तो विष्फोट गराइएको र छेउँमा रहेका अन्य सवारी साधन समेत हावामा उडेको बताइएको छ ।

यस अघि एक सिया मस्जिदमा गरिएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आजको आक्रमणको जिम्मा कसैले नलिएपनि यस अघिको आक्रमण भने आफूले गरेको तारिक ए तालिबानले लिएको थियो । source:nepaliheadlines






प्रतिक्रिया दिनुहोस्...