तपाईको फेसबुकमा नांगा फोटो र भिडियो आउँछन् ? होसियार
काठमाडौं । फेसबुकमा पछिल्ला दिनहरुमा एक नयाँ स्पाम भाइरसले सबैलाई हैरान पारेको छ । तपाईले जुनसुकै समयमा यस्तो फोटोमा क्लिक गर्नुभयो भने यस्तो स्पाम फैलिन सक्छ ।
जसमा तपाईको फोटो हुनसक्छ या तपाईको भिडियो भएको दावी गरिएको हुनसक्छ । तर यस्तो लिंकमा भुलेर पनि क्लिक नगर्नुहोला, नत्र तपाईपनि यसको चपेटामा पर्नुहुनेछ ।
एक पटक तपाईको फेसबुक यो स्पामको चपेटामा प¥यो भने तपाईको फेसबुकबाट अरुलाई यस्तै लंक जानेछ । यसमा तपाईको नामसहित प्राइभेट भिडियो लेखिएको हुन्छ ।
