५१ बर्षिया एकल महिला बलात्कृत



राजविराज, माघ २८ घरैमा सुतिरहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीमा एक युवा पक्राउ परेका छन् । ५१ वर्षीया एकल महिलामाथि बलात्कार गरेको आरोपमा सप्तकोसी नपा–१ का २२

वर्षीय शक्ति गुरुङलाई सोमबार पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । घरमा सुतिरहेकी पीडितलाई आइतबार राति नौ बजे बलात्कार गरेको आरोपमा गुरुङलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे पीडितले प्रहरीलाई जानकारी गराएपछि गुरुङ पक्राउ परेका हुन् । गुरुङले भने आफूमाथि झुठा आरोप लगाएको बताएका छन् । दुई जवान छोराहरु र एक छोरीकी आमा पीडित महिलाका पतिको १८ वर्षअघि मृत्यु भएको थियो । छोराहरुले छुट्टै घर बनाएर बसेपछि एक्लै बस्दै आएकी उनलाई ती युवाले सुतिरहेका बेला घरैमा बलात्कार गरेको पीडितले बताइन् । घरमा एक्लै सुतेको मौका छोपी युवकले यौन प्यास मेटाउन बलात्कार गरेको उनको आरोप छ । राजविराजस्थित अञ्चल अस्पतालमा पीडित महिलाको स्वास्थ्य परीक्षण हुन नसकेपछि स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ




प्रतिक्रिया दिनुहोस्...