बिहे हुँदाहुँदै युवकले गुप्तांग च्वाट्टै काटेपछि……



बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग

कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे । बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे ।
उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो । शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए । समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ । -एजेन्सी




प्रतिक्रिया दिनुहोस्...