भद्रोगोलकी रक्षा भन्छिन्, ‘प्रपोज धेरैले गर्छन् तर विवाहीत भनेर टार्छु’



हिन्दी टेलिसिरियलहरुले नेपाली दर्शकको मन जितिरहेको बेला नेपाली टेलिभिजनमा आफ्नो छुट्टै स्थान बनाएको छ नेपाली हाँस्य टेलिसिरियल ‘भद्रगोल’ ले । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ प्रसारण हुने ‘भद्रगोल’ को डाइलगहरु मानिसको मुखमा झुन्डिन थालेको छ । सिरियलकै चर्चित पात्र मध्ये एक हुन् रक्षा श्रेष्ठ । ग्रामिण भेगको युवतीको भूमिका निर्वाह गरेकी रक्षा श्रेष्ठ काठमाडौं चावहिलकी बासिन्दा हुन् ।
 रातोपाटी संवाददाता सुजन पन्तले रक्षा श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अशं:
आज भोली के गर्दै हुनुहुन्छ ?
 भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । त्यसपछि केही विज्ञापनहरु गर्नमा व्यस्त छु ।
 भद्रगोल एकाएक चर्चामा आयो नि, यसमा तपाईलाई कस्तो लाग्छ ?
 एकदम खुसी लागेको छ । मलाई धेरै मान्छेहरुले चिन्न थालेका छन् भद्रगोलको रक्षा भनेर । अहिले जसको पनि मुखमा भद्रगोलको डाइलग सुन्छु, खुसी लाग्छ । बाटामा हिँड्दा पनि रक्षा भनेर बोलाउँदा धेरै खुसी लाग्छ ।
 आजभोली बढी समय केलाई दिनुहुन्छ ?
 बढि समय केलाई दिने भन्ने नै हुँदैन् । हप्ताको एकदिन भद्रगोलको सुटिङ हुन्छ । त्यो दिन भद्रगोलको सुटिङमा व्यस्त हुन्छु । एउटै कामलाई मात्र समय दिइराखेको छैन् । जतिखेर काम आउँछ त्यतिखेर समय दिइराखेको छु ।
 केटाहरुले प्रपोज राख्छन् कि राख्दैनन् नी ?
 प्रपोज त राख्छन्, आउँछ ।
 अनि प्रपोजलाई स्वीकार्नु हुन्छ कि नाईं ?
 नाईं म विवाहित हुँ भनेर भन्दिन्छु ।
 तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण ?
 म खुसी त सधैं छु । तर पनि म अझ मिडिया क्षेत्रप्रति लागि सकेपछि अवश्य नै खुसी छु । विज्ञापन गर्दा पनि खुसी नै छु । तर, भद्रगोल खेल्न थालेपछि, चिन्नथालेपछि ऊ रक्षा आइ भन्छन् । भद्रगोल खेलेपछि नै म सबैभन्दा बढी खुसी छु । त्यही भएर मेरो पहिलो प्रथामिकता भनेको भद्रगोल नै हो ।
 धेरैले तपाईंलाई राम्री भन्छन् ।
 आफूलाई चाहीँ कस्तो लाग्छ ?
मेरो नजरमा म पनि राम्री छु जस्तो लाग्छ । (हाँसो….) अलिकति हाइट चाँहि पुगेनजस्तो फिल हुन्छ । ५.५ इन्च हाइट छ मेरो । अलिकति १/२ इनचजति हाइट बढे राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
 मासिक रुपमा कति कमाई हुन्छ ?
 मैले शुरुमा भद्रगोल पैसा बिना काम गरेकी हुँ । अहिले भने केही पारिश्रमिक पाउँछु । अहिले मेरो विज्ञापनमा त राम्रै छ । एउटा विज्ञापन गरेबापत कम्तीमा ५ हजारदेखि २० हजारसम्म विज्ञापन गरेकी छु ।
 सबैभन्दा बढि कुन कम्पनीको विज्ञापनबाट बढि रकम पाउनुभयो ?
 इलाममा टोकला चियापतिको कार्यक्रम हुँदा ।
 अहिलेसम्म कतिवटा विज्ञापन गर्नुभयो ?
 २१ वटा ।
 पुख्र्यौली घर चाँही कता हो ?
 सिन्धुपाल्चोक, बाह्रबिसे ।
 घर परिवारमा कति जना छन् ?
 चार जना । को–को हुनुहुन्छ ?
 बाबा, ममी, दाई र म ।
 कतिमा पढ्दै हुनुहुन्छ ?
 १२ पास गरेर बसेको छु ।
 कता पढ्नुभएको हो नि १२ ?
 गाउँकै कलेजमा पढेको हो ।
 अब ब्याचलरको लागि कुन कलेजमा भर्ना गर्ने सोचमा हुनुहुन्छ ?
 यसमा अहिले कुनै पनि सोच गरेकी छैन् । हेरुम के हुन्छ ।
 बिहान कति बजे उठ्नुहुन्छु ?
भद्रगोलले गर्दा ५ बजे नै बिउँझिन्छु, तर जाडो भएकाले ओछ्यानबाट चाँही ५ नै बजे उठ्दिन ।
 कतिको खर्चालु हुनुहुन्छ ?
 कुरै नगरुम खर्चालुको त ।
 हातमा पैसा हुनासाथ सपिङ ।
 सपिङ गर्न चाँही कता जानुहुन्छ ?
 खास यहीँ भन्ने छैन । प्रायः जसो बौद्धमा अलि बढि जान्छु ।
 सबैभन्दा मंहगो कतिसम्मको सपिङ गर्नुभएको छ ?
 एघार हजारको साडी किनेकी छु ।
source tajakhabar





प्रतिक्रिया दिनुहोस्...