सोझी हुँदा कसले हेर्यो, भित्री बस्त्र मञ्जुरले खोले’ : जिया केसी
सोझी हुँदा कसले हेर्यो, भित्री बस्त्र मञ्जुरले खोले’ : जिया केसी
चलचित्र ‘एटीएम’ र ‘बर्बाद’मा नायिका जिया केसीले दिएको उत्तेजक दृश्यको चर्चा सेलाउन नपाउँदै फेरी एक नयाँ सिनेमाको प्रोमोले उनको चर्चा बजारमा ह्वात्तै बढेको छ ।
चलचित्र ‘रङ वे’मा त भित्री बस्त्र खोलैकै दृश्य दिनुभएको छ त भन्ने प्रश्नमा जियाले भनिन्, ‘चलचित्र नहेरी त्यस्ता दृश्य र संवाद कहाँ र कसरी जन्मियो भनेर आलोचना गर्नुको औचित्य छैन ।’ उनले भनिन्, ‘चलचित्रले एउटा नारीले हरेक क्षेत्रमा भोग्नुपर्ने समस्यालाई उठान गर्न खोजेको छ, दर्शकले सिनेमा हेरेपछि जियाले दिनैपर्ने दृश्य दिएकी रहिछन् भन्नुहुन्छ ।’
कथाले मागे र आफूलाई दृश्य मनपरे उत्तेजक भनेर चर्चा गरिने खालका दृश्य दिन आफूलाई आपत्ती नहुने उनको तर्क छ । ‘हो यही माया हो’ मा आफू सोझी केटी हुँदा ओझेलमा परेको उदाहरण दिदै जियाले हट हुँदा चर्चा हुने गरेको दाबी गरिन् ।
चलचित्रको पर्दामा आफूले गर्ने विभिन्न खालका उत्तेजक भूमिका जिया केसीले भन्दा पनि एउटा पात्रले निर्वाहा गरेको वुझ्नु आवश्यक रहेको उनको तर्क छ ।
नायिका केसीले चलचित्र ‘रङ वे’मा दिएको उत्तेजक दृश्य यस्तो छ ।
