सेक्सअघि यी चीजहरु नखानुस्
राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट) को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् ।
अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ । माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् । बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्याउँछ नै, यसले सेक्स हर्मोन पनि घटाउँछ । त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ source:tajakhabar
