यसकारण गर्नुपर्छ नियमित सेक्स, सेक्स गर्नका १० फाइदाहरु !जानी राखौ
सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन हो भन्ने
ठान्नुभएको छ भने गलत हुनुहुन्छ । सहवास केवल
आनन्दका लागि मात्र होइन यो स्वास्थ्यका लागि समेत
फाइदाजनक हुन्छ ।
स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले
देखाएका समेत छन् । सहवासले केवल निद्रा पार्ने मात्र
होइन मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग
गर्छ । नियमित सहवासका मुख्य फाइदा यस्ता छन्-
मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ :
एक अध्ययन अनुसार हप्तामा दुइपटक भन्दा बढि सहवास
गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने
पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउँछ :
नियमित सहवासले सरीरमा प्रतिरोधात्मक क्षमता बढाउने
एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ
।
तनाव घटाउँछ :
काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ?
तनावको असर आफ्नो यौन जिवनमा पर्न नदिनुहोस् ।
नियमित सम्भोगले उल्टै तपाइँको मूडमा सुधार गरि तनाव
कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर्नसक्ने
क्षमता प्रदान गर्ने विज्ञहरुको भनाइ छ ।
दुखाइ कम गर्छ :
यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै
हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् ।
सम्भोगका बेला सरीरमा अक्जिटोसिन नामक
हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले
सरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पूराउँछ ।
दीर्घायुका लागि सहवास :
सम्भोगको चरमउत्कर्षका बेला सरीरमा उत्पादन हुने
डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले
जिउमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्षयिकृत
तन्तुहरुको पुननिर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ
राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार
हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने
मानिसहरु केवल हप्ताको एक चोटी चरम आनन्द प्राप्त
गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।
रक्तप्रवाह बढाउँछ :
सम्भोगका बेला मुटुको गति बढ्छ, जसबाट
ताजा अक्सिजनयुक्त रगत सरीरका अंगअंग
तथा कोषहरुमा संचार हुन पाउँछ । साथै यस
क्रममा जिउमा उत्पन्न हुने विषाक्त पदार्थ तथा अन्य
हानिकारक पदार्थ निष्कासन समेत सहज हुन्छ ।
मिठो निद्रा पर्छ :
निद्रा कम पर्ने तथा गहिरो निद्रा नपर्नेहरुका लागि सहवास
उपयुक्त उपचार हुनसक्छ । रातको सहवासले
गहिरो तथा आरामदायी निद्रा पर्नमा सहयोग गर्छ ।
मीठो निद्रा परेपछि मानिसको स्वास्थ्य तथा मूड समेत
राम्रो बन्दछ ।
तन्दुरुस्तीमा वृद्धि गर्छ- :
आधा घण्टाको सम्भोगका क्रममा ८० क्यालोरी उर्जा दहन
हुन्छ । वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले समेत
उर्जा दहनका लागि कडा व्यायाम जत्तिकै
प्रभावकारी कार्य सहवास पनि हो । यसले मोटोपना घटाउन
तथा सरीरका तन्तुहरुलाई स्वस्थ रहन मद्दत गर्दछ ।
धैर्यवान तथा स्वस्थ बनाउँछ :
सहवासले पुरुषमा टेस्टेस्टेरोन तथा महिलामा ओस्ट्रोजेन
हर्मोनको मात्रामा वृद्धि गर्छ :
टेस्टेस्टेरोन हर्मोनले यौनक्षमतामा मात्र नभै
मांशपेसीको मजबुती, हड्डीको मजबुतीका साथै कोलेस्टेरोल
क मगर्ने र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । टेस्टेस्टेरोन
हर्मोनले पुरुषको मानसिक स्वास्थ्यमा समेत लाभ पूराउने र
धैर्यताको सीमा बढाइदिन सहयोग गर्छ । त्यस्तै
ओस्ट्रोजेनले महिलालाई मुटुरोगबाट बचाउन सहयोग गर्छ ।
श्रोत-टाइम्स अफ इण्डिया
