झण्डै १ घण्टा फेसबुक बन्द हुँदा के के भयो??
सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक मंगलबार इतिहासकै सबै भन्दा लामो समय सम्म बन्द भएको छ । इतिहासमै सबै भन्दा लामो समय करिव १ घण्टा डाउन भएको फेसबुक बन्दका बाबजुद अन्य सामाजिक सञ्जालमा भने छाइरह्यो ।
रमाइलो कुरा त फेसबुक पछि दोश्रो स्थानमा लोकप्रिय मानिने फेसबकुपछि दोस्रो स्थानमा रहेको ट्विटरमा फेसबकुले टप ट्रेन्डिङमा पहिलो स्थान बनायो ।
फेसबुक डाउन भएको केही समयमा #facebookdown ट्याग नम्वरमा १ मा ट्रेन्ड भएको थियो । विश्वभरीका सञ्चार माध्यममा हेडलाइन मात्र होइन फेसबुक डाउन भएको चर्चा ट्विटर, गुगलप्लव लगायतका अन्य प्रतिस्पर्धी सञ्जालहरुमा मुख्यरुपमा भएको थियो ।
फेसबुक डाउउ हुनुको कारण प्राविधीक कठिनाई भएको प्रारम्भिक अनुमान गरिएपनि यसबारे फेसबुकले आधिकारिक रुपमा केही बताएको छैन । संसारभरी फेसबुक बन्द हुँदा मानिसहरुले फेसबुक बिनाको जीवन कस्तो हुन्छ भन्ने अनुभुति गरेको बताएका छन् ।
source:nepali head line
