यसकारण बन्द हुँदैछ फेसबुक !



 परिवर्तनलाई लिएर सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय चर्चाको शिखरमा छ । जनवरी, २०१५ मा झनै व्यापक परिवर्तन गर्दैछ ।

फेसबुकले सन् २०१५ मा आफ्नो डाटा नीति, कुकिज पोलिसी र इमेल र नोटिफिकेसन सम्बन्धि नीति परिवर्तनबारे निरन्तर जानकारी दिइरहेको छ । फेसबुकले परिवर्तनबारे आफ्ना प्रयोग कर्ताहरुसँग सुझाव समेत मागिरहेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रयोगकर्ताहरुले नयाँ नयाँ सुझावहरु दिइरहेको बताएका छन् । यस दौरानमा केही प्रयोग कर्ताहरुले आफ्नो बिचार समेत शेयर गरिरहेका छन् ।


मार्क जुकरवर्गलाई आएका सुझाबमध्ये फेसबुकलाई २४ घन्टाका लागि पुरै बन्द गर्न पनि सुझाव आएको छ । एन्थनी फेरग्युसन नामका एक मानिसले फेसबुकलाई वर्षमा एक दिनका लागि बन्द गर्न सुझाव दिएका छन् ।
यसले मानिसहरुले वास्तविक जीवनसँग भेट गर्ने अवसर पाउने उनको भनाई छ । उनीहरुले यसलाई रचनात्मक काममा लगाउन सकिने समेत ती प्रयोगकर्ताको विश्वास छ । यस्तो सुझाब दिनेहरुले क्याण्डीक्रसको नोटिफिकेसन बन्द गर्न पनि सुझाव दिएका छन् । source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...