सम्भोगमा चरम आनन्द लिने सूत्रहरु : जानी राखौं
सम्भोग सम्पूर्ण प्राणीहरुको निम्ति अनवरत सृष्टिलाई चालु राख्न सन्तानोत्पादनका निम्ति प्राकृतिक प्रक्रिया हो तर मानव समुदाय सम्भोगलाई यतिमै सीमित राख्न चाहँदैन ।
। तर सम्भोगमा दृढ आत्मविश्वास छ भने शारीरिक बनोट गौण बनी सक्षम यौनक्रिया गर्न सकिन्छ । कतिपय शरीरको आकार अति बेढङ्ग भएका छन् भने आसन बदलेर सम्भोग गरेमा चरमसुख प्राप्त गर्न सकिन्छ । पति पत्नीमा आपसी सद्भाव सेक्सको सफलताको निम्ति एक शक्ति आत्मिक आधार हो । जो पति पत्नीमा एक अर्काको भावना बुझ्न सक्ने सामथ्र्य छ, उनीहरु सेक्स क्रियामा सन्तुष्ट हुन सक्छन् । वैवाहिक जीवनको मूलआधार विश्वास नै हो । काम भए शारीरिक सन्तुष्टिको पर्याय हो जुन वैवाहिक जीवनबाट मुक्त हुन्छ । वैवाहिक जीवनका कल्पना पुरुष सेक्ससँग मात्र सम्बन्धित भएर गर्दैन ऊ आफ्नो नजिककी प्रियासँग सुख दुःखका साथै त्यसमा धुर मिलनको बेलामा आपसी अनुभवका कुराहरु आपसमा बाँड्न चाहन्छ भने स्त्री पनि यही चाहन्छे । यही विश्वासमा हुर्केको आत्मिक आकर्षणसेक्सको लागि सफल कारकतत्व हो । विश्वास विनाको रति साँचो अर्थको सम्भोग नभएर दुई देहको मिलन मात्र हो । शारीरिक बाह्य आवरण तथा दुर्गन्धित शरीरप्रति सचेतना आकर्षण कायम राख्न सौन्दर्यताप्रति सजग हुनु आवश्यक छ । प्रत्येक व्यक्ति आफू सुन्दर देखिन बल गर्छ । त्यसको फलस्वरुप ऊ सुन्दरताको प्रतिदान चाहन्छ । आत्मिक सुन्दरताको साथमा दैविक सुन्दरता मानवीय भावना हो ।
त्यसैले सुन्दरता पनि सेक्स उत्तेजनामा सहायक हुन्छ । अझ भन्ने हो भने युवा तथा युवतीमा प्रथम आकर्षण बाह्य सुन्दरताले नै पार्दछ । त्यसमा पनि स्त्री जाति त सौन्दर्य विना अधुरो नै हुन्छन् । उनीहरुको शरीरको प्रत्येक अङ्गमा सुन्दरताको खोजी हुन्छ । सम्भोग तथा त्यो अवस्था हो, जहाँ दुई स्त्री पुरुषबीच सम्पूर्ण दोहोरो धड्कनको निकटता तथा अँगालोको बन्धनका कारण यो समय दुई ज्यान एक भएको समय जस्तै हो । यस बेलामा भए अर्काप्रति अनपेक्षित दुर्गन्धको प्रक्षेपण भएमा सम्पूर्ण सामीप्यतालाई तत्काल दुरीमा बद्लिदिन्छ । कामकलामा विशेषज्ञ भए पनि यसप्रति असफलताको प्रमुख कारण श्वासको दुर्गन्ध देखा पर्दछ । यसको लागि चाँडो उपचार गर्नु नै असल हुन्छ ।
सेक्सप्रक्रिया शुरु हुनु अघि सुगन्धित पदार्थले दुर्गन्धित बनाउन आवश्यक हुन्छ । सामीप्य विनासेक्स हुँदैन र दुर्गन्धले दूरी बढाउँछ । त्यसैले यस विषयमा ध्यान पु याई सम्भोगप्रति आकर्षण बढाएमा स्त्रीपुरुषबीच सम्बन्ध गहिरो बन्ने छ ।source:haso mazza
