सेक्स गर्न नदिएपछि लोग्नेद्धारा फलामे रडले श्रीमतीको गुप्ताङ्ग मा घोचेपछि



महिला हिसा विरुद्धको अभियान चलि रहेकै बेला बाँके कोहलपुरकी एक महिलाले लोग्नेबाटै चरम यातना  र यौेन शोषणमा परेको बताएकी छिन् । 'म बुढी मानिस  सक्दिन भन्दै बिरोध गरे  । रोएँ कराएँ ।

४५ वर्षीराया तारादेवी देवकोटाले भनिन्, तलाई के गर्न राखेको हो ? नमान्ने भन्दै  सुर्वाल तानेर फालामे रड गुप्ताङमा घोच्न थालेपछि चिच्चाउँदै  भागेर ज्यान जोगाए ।'शारिरीक सम्बन्ध राख्न नदिएको भन्दै बारम्बार कुटपीट गर्दै आएको उनले बताइन् ।

उनी  कोहलपुर  आरसी टोलमा डेरा गरी बस्दै आएकी थिइन् । सोमबार  रातिको घटनापछि घर धनिले पनि  डेरा छाडन  भनेका छन् ।  लोग्नेको व्यवहार देखेर भाडामा समेत बस्न दिएनन्' देवकोटाले बताइन् ।अहिले ती महिला घर न घाटकी भएकी छिन् । कतैबाट सहगोग  नपाएपछि उनी  रुदै न्यायको खोजीमा भौतारिएकी छिन्।  पतिले ज्यानमार्ने धम्की दिएकाले प्रहरीमा उजुरी समेत गर्न  डराइ रहेको उनले बताइन् । ज्यान  सुरक्षा  र न्यायक लागि  रुदै हार गुहार गरी रहेकी देवकोटाले भनिन्,' फलामको लौरो घोच्न खोज्ने संग म  बस्न सक्दिन । मलाइ न्याय चाहियो ।'देवकोटाका पति  लोकेन्द्र गिरी नेपालगन्जस्थित  आन्तरिक राजश्व कार्यालयमा  कार्यरत छन् ।
गिरीले  पत्नीले भने जस्तो कुनै यानता नदिएको बताए । 'जग्गा मेरो नाममा गरी देउ भन्दै विवाद भएको हो'  गिरीले भने,' म बाट कुनै गल्ती र मारपीट भएको छैन ।' यौन हिसा पीडित महिलालाई  इलाका प्रहरी कार्यालय कोहलपुरले संरक्षण दिएर अनुसन्धान तथा अन्य कारबाही प्रकृया सुरु गरेको छ ।
पीडित महिलाको उजुरीपछि गिरीलाई  नियन्त्रणमा लिएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए ।  महिला तथा बालबालिका कार्यालयकी अधिकृत बिन्दू कुँवारले पीडक र सामाजिक दवावका कारण  यौन हिंसाका यस्ता घटना र पीडितहरुका उजुरी  नआउने गरको बताइन् ।  उनले बितेका ४ महिनाका महिला हिंसाका ५० उजुरी दर्ता भएपनि यौन हिसाका कुनै उजुरी नभएको बताइन् । source:taja khabar




प्रतिक्रिया दिनुहोस्...