सलमानको घरबाहिर आन्दोलन चर्कियो ।
बलिउड स्टार सलमान खानको घरबाहिर आन्दोलन चर्किदै गएको भारतीय मिडियाहरुले जनाएको छ । सलमानले करिब साता अघि श्रीलंकाली राष्ट्रपति महीन्द्रा राजापाक्षेको समर्थनमा प्रचार गरेको भन्दै तामिल जनताले उनको बिरोध गरेको हो ।
प्रदर्शनकारीका अनुसार श्रीलंकाली रष्ट्रपति राजापाक्षेको समर्थन गर्नु तामिल मात्र नभई पुरै भारतीय जनताको भावनामा ठेस पुर्याउनु हो । तसर्थ सलमानले सार्वजनिक रुपमा माफि नमागेसम्म प्रदर्शन जारी राख्ने उनीहरुको भनाई छ।
यता सलमानले भने राजपाक्षेको प्रचारका लागी आफु पुन श्रीलंका जाने बताइसकेका छन । राजापाक्षे आउँदो राष्टपति निर्वाचनको दाबेदार हुन ।source:medianp
