चीनभर नै यस्तै अरबौं डलर लागत भएका महत्वाकांक्षी परियोजनाहरू निर्माण दु्रत गतिमा भइरहेको छ।
विश्वको लामो पुल। विश्वको ठूलो विमानस्थल। विश्वकै लामो ग्यास पाइपलाइन। ८० अर्ब डलरको लागतमा देशको दक्षिणमा रहेको यथेष्ठ पानीलाई कम पानी भएको उत्तरतर्फ लाने परियोजना। यो मानवनिर्मित नदीको लम्बाइ झन्डै २४ सय किलोमिटर हुनेछ।
विश्वको लामो पुल। विश्वको ठूलो विमानस्थल। विश्वकै लामो ग्यास पाइपलाइन। ८० अर्ब डलरको लागतमा देशको दक्षिणमा रहेको यथेष्ठ पानीलाई कम पानी भएको उत्तरतर्फ लाने परियोजना। यो मानवनिर्मित नदीको लम्बाइ झन्डै २४ सय किलोमिटर हुनेछ।
यस्ता भव्य भौतिक संरचनाको निर्माण गर्नु चिनियाँ परम्परा नै हो। ‘ग्रेट वाल'देखि ‘ग्रान्ड क्यानल' र ‘थ्री गर्जेस ड्याम'। यो देशले शताब्दीयौंदेखि भव्य सार्वजनिक परियोजनाको निर्माण गर्दै आफ्नो अद्वितीय इन्जिनियरिङ क्षमता र आर्थिक शक्तिको प्रदर्शन गरिरहेको छ।
अहिले विश्वले चीनको तीन दशक लामो आर्थिक वृद्धिलाई शंकाले हेरिरहेको बेला चिनियाँ नेताहरू भने ठूला भौतिक संरचनाको निर्माणलाई दोब्बर पार्न लागिपरेका छन्। उदाहरणका लागि गत नोभेम्बर महिनामा मात्रै राष्ट्रिय निर्माण तथा सुदृढ आयोगले ११५ अर्ब डलरभन्दा बढी खर्च गरेर २१ वटा भव्य भौतिक संरचना बनाउने परियोजनालाई हरियो झन्डा देखाएको छ। जसअन्तर्गत नयाँ विमानस्थल तथा द्रुत गतिको रेलमार्गको निर्माण गरिनेछ।
‘चीनको इतिहास नै ठूला संरचनाको निर्माणसँग गाँसिएको छ,' अमेरिकाको वासिङटनस्थित एक अन्तर्राष्ट्रिय संस्थामा कार्यरत अर्थशास्त्री हुआङ यूकोनले भने, ‘यो हाम्रो रगत, संस्कृति र समाजमै विद्यमान सोच हो। देशमा प्रभाव पार्न पनि त्यो ठूलो हुनैपर्छ।'
चीनलाई यति ठूला र भव्य संरचनाको आवश्यकता छ कि छैन? यसलाई चीनको अर्थतन्त्रले थेग्न सक्छ या सक्दैन? भन्ने विवाद पनि जन्मिएको छ।
भौतिक संरचनाको निर्माणले बेइजिङले आर्थिक विकासलाई मलजल गर्न सरकारी स्वामित्वका निर्माण तथा लगानीहरूलाई निरुत्साहित गर्ने भनी गरेको प्रतिबद्धता पालन भएको भने देखिँदैन। जसले गर्दा केही अर्थशास्त्रीहरू भने चीनको अर्थतन्त्र यसैको ऋणमा दबिनसक्ने अशंका व्यक्त गर्छन्।
चीनको राष्ट्रिय लेखा परीक्षकको कार्यालयको २०१३ को प्रतिवेदनअनुसार स्थानीय सरकारको ऋणमात्रै तीन खर्ब डलरभन्दा माथि छ। जुन देशको कुल बजेटभन्दा पनि एक तिहाइ माथि छ। अर्थविज्ञका अनुसार यस्तो ऋणले कुनै पनि बेला अर्थतन्त्रलाई नराम्रोसँग लामो समयसम्मलाई धराशायी बनाउन सक्छ।
‘जनता सचेत हुन जरुरी छ। किनभने धेरै कम भौतिक निर्माणमात्र यस्ता छन्, जसले अर्थसंकलन पनि गर्न सक्छन्,' क्यालिफोर्निया विश्वविद्यालयमा अर्थराजनीतिका प्राध्यापक तथा चीन विज्ञ भिक्टर सिहले भने।
तैपनि चीनका नेताहरूमा भने ती भव्य संरचनाको आवश्यकता, उपयोगिता र मूल्यबारे कुनै शंका छैन। इन्जिनियरहरू दशकौंपछिको परियोजनाको मार्गचित्र बनाउन व्यस्त छन्।
सुन्दर सांघाई सहर, जहाँको जनसंख्या २ करोड ५० लाख छ। यो सहरको मौलिकता भनेकै यहाँका भव्य संरचनाहरू हुन्– भव्य विमानस्थल, मेट्रो, ढल व्यवस्थापन र ऊर्जा केन्द्र। चीनको आर्थिक केन्द्रको रूपमा स्थापित यो सहरमा मजदुरहरू दिनरात नभनी सांघाई टावरलाई अन्तिम रूप दिन व्यस्त छन्। जसको लागत मूल्य २ अर्ब ४० करोड डलरको छ। जसको उचाइ २ हजार ७३ फिट छ, जुन विश्वकै अग्लो भवन दुबईको बुज्र खलिफाभन्दा ६४३ फिटमात्र सानो छ।
सहरको केही पूर्व, विश्वकै सबैभन्दा ठूलो खेल मैदान निर्माण भइरहेको छ– सांघाई डिज्ने रिसोर्ट। जुन सन् २०१६ मा खुल्दा २२५ एकडमा फैलिएको ‘म्याजिक किङडम– स्टाइ पार्क'ले घेरिएको हुनेछ। यसको सम्पूर्ण निर्माण लागत ५ अर्ब डलरको हुने अनुमान गरिएको छ।
सांघाईले महँगो सामानलाई स्वीकार्न सक्छ। यहाँ दु्रत गतिमा विकास भइरहेको छ, यो चीनको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र पनि हो। तर, अन्य सहरसँग भने सांघाईसरह खर्च गर्न सक्ने क्षमता छैन।
राजधानी बेइजिङबाट लगभग ११३ किलोमिटर दक्षिण–पूर्वमा स्थित तियानजिन सहरले आफूलाई अमेरिकाको न्युयोर्कको जुम्ल्याहा बनाउन ठूलो ऋण लिएको छ। त्यहाँस्थित ठूलाठूला अफिस टावर र आलीशान बिल्डिङहरू खाली छन्। लाग्छ, त्यो भुताहा सहर हो। निर्माण पनि आधामै रोकिएको छ।
उत्तर–पूर्वमा स्थित अर्को सहर डालियानमा ६ करोडको हाराहारी मान्छे बस्छन्। जहाँ पानीमुनिको रेल चल्ने लगभग २६२ किलोमिटर लामो सुरुङमार्गको निर्माण भइरहेको छ। जसले विश्वकै सबैभन्दा ठूलो समुद्रमाथिको विमानस्थलसँग उक्त सहरलाई जोड्छ। विमानस्थल निर्माण लागत ४ अर्ब ३० करोडको छ।
चीनका लागि पूर्व विश्व बंैकका प्रमुख डेभिड डलर भन्छन्, ‘ठूलो भौतिक संरचनाको निर्माणले काम नपाएका मजदुर र स्थिर अवस्थामा रहेको आर्थिक स्रोतको परिचालन त हुन्छ। तर, भविष्यमा त्यही भौतिक निर्माणले अर्थतन्त्रलाई शिथिल बनाउने सम्भावनासमेत रहन्छ।'
धेरै विज्ञ पनि यस्ता भव्य भौतिक संरचनाले जनतालाई अनावश्यक आर्थिक भारबाहेक अन्य केही फाइदा नपुर्यािउने औल्याउँछन्। यसले वतावरणलाई पनि क्षति पुर्यााउने उनीहरूको धारणा छ।
चीनको उत्तर–पश्चिमस्थित लान्जाउ सहरमा स्थानीय सरकारले ७ सय वटा स–साना पहाडलाई सम्याउने परियोजना अघि सारेको छ। त्यसपछि उक्त स्थानमा नयाँ व्यापारिक संरचनाको निर्माण हुनेछ। वातावरणविद्हरूले यसले त्यहाँको वातावरणमा ठूलै क्षति पुर्यािउने बताइरहेका छन्। त्यहाँ बनाइएको ठूलो ड्यामले ठूलो प्रभाव पार्न थालिसकेको दाबी उनीहरूको छ। त्यसैको कारण चीनको दक्षिण–पश्चिम भूभागमा धेरै भूकम्प जान थालेको वैज्ञानिकहरूको दाबी गर्दै आइरहेका छन्।
‘जब तपाईं प्रकृतिलाई आफ्नो अधिनमा लिन सक्छु भनेर सोच्नुहुन्छ त्यसको उपज भयावह नै हुन्छ,' तेनेसी विश्वविद्यालय, अमेरिकाका समाजशास्त्री पाउल के गेलर्टले भने, ‘प्रकृतिमाथिको दमनको नकारात्मक प्रभाव सामाजिक तथा वातावरणीय स्तरमै देखिन्छ।'
एउटा पार्टीले शासन गरिरहेको चीनमा कुनै पनि ठूला परियोजना निर्माण गर्नका लागि चाहिने राजनीतिक इच्छाशक्ति र आर्थिक स्रोतको परिचालन, दुवै गर्न सहज हुन सक्छ। अहिले त्यो भई पनि रहेको छ।
‘त्यहाँ निरंकुशतन्त्र अझै कायम छ। उनीहरू जे पनि विपक्षीको अवरोधविना गर्न सक्छन्। यो सबै हुनुपछाडिको चुरो कुरा यहि हो,' ठूला परियोजना बनाउन विज्ञता हासिल गरेका कुपर युनियन, न्युयोर्कमा कार्यरत गेरार्डो डेल केर्रो सान्तामारियाले भने, ‘पश्चिममा त्यसो गर्न जनताको सहभागिता पनि हुन्छ। धेरै अवस्थामा त्यसको विरोध पनि हुन्छ।'
ठूलो भौतिक संरचना निर्माणका समर्थकहरू ठूला परियोजनाले काममा चुस्तता ल्याउने दाबा गर्छन्। ठूला ड्याम, ‘विन्ड फार्म'ले कार्बन उत्सर्जनमा कमी ल्याउँछ। तथा ठूलाठूला रेलमार्गले पेट्रोलियम खपतलाई घटाउन मद्दत गर्छ भन्ने तर्क उनीहरूको छ।
अन्य ठूला परियोजनाहरूले चीनलाई विश्वसामु ठूलो उत्पादक तथा खरिद बिक्री गर्ने प्रमुख केन्द्रका रूपमा स्थापित गराउन सक्छ। गत नोभेम्बरमा मात्रै चीनले स्पेन जोड्ने रेल मार्ग खुल्ला गरिसकेको छ। जसले चीनमा निर्मित सामग्रीहरू अब स्पेन पुग्न मात्र २० दिन लाग्नेछ। यो संसारकै सबैभन्दा लामो रेलयात्रा भएको छ।
यस्ता परियोजनाले वैज्ञानिक र प्राविधिक विज्ञता हासिल गर्न मद्दत गर्नुका साथै चीनले यसमा अन्य अदृश्य लाभ पनि देखेको छ। फलस्वरूप पुल निर्माणको गति चीनका लागि ओलम्पिकको तयारीभन्दा ठूलो स्तरको लडाइँ भएको देखिन्छ। सन् २००७ मा चीनले हाङजाउ प्रान्तमा विश्वकै समुद्रमाथिको लामो पुलको निर्माण सम्पन्न गर्योस। चीनले धेरै यस्ता रेकर्ड कायम गरेको छ, जस्तोः विश्वको लामो पुल, अग्लो पुल। चिङदाओ सहरमा स्थित विश्वकै लामो समुद्र पार गर्ने पुलको लम्बाइ ४२.५ किलोमिटर छ।
‘चीनका लागि यो सबै राष्ट्रिय पहिचान कायम गर्ने राम्रो माध्यम भएको छ,' अक्सफोर्ड विश्वविद्यालयमा ठूलो परियोजनाबारे पढाउने बेन्ट फ्लाइब्जर्गले भने, ‘यी सब चीनले के गर्न सक्छ भन्ने नमुनामात्र हुन्।'
यस्तो खालको विज्ञता चीन विश्वको अन्य कुनामा निर्यात पनि गर्न चाहन्छ। त्यो भई पनि रहेको छ। अमेरिकाको बोस्टन सहरले चीनमा निर्मित सब–वे गाडी खरिद गर्दै छ। पाकिस्तान, अर्जेन्टिना र रुसले आफ्नो भौतिक संरचना पुननिर्माण गरिदिन चीनलाई आग्रह गरेको छ। गत महिनादेखि मात्रै चीनको निर्माण टोलीले ५ खर्ब डलरको लागत रहेको महत्वाकांक्षी निकारागुवा क्यानलको निर्माण सुरु गरेको छ। जसको निर्माणले अति व्यस्त पानामा क्यानललाई टक्कर दिनेछ।
त्यसो गर्न चीन भौतिक निर्माणको सबै सीमालाई नाघेर अघि बढिरहेको छ। ‘डालियन' सुरुङमार्ग चीनले प्रस्ताव गरेको ‘अर्न्ताष्ट्रिय रेल–वे'को तुलनामा सानो लाग्छ। जसले चीनलाई अमेरिकासँग जोड्नेछ।source:manka kura