जब प्रेमी नै राक्षस भएर निस्किए पछी यस्तो बिजोग ...
ऋुतु महासेठ । २० वर्षको लाउलाउँ खाउँखाउँको उमेर । जनकपुर तुलसियाहीबाट काठमाडौंमा पढ्दै थिइन् ।
विद्यालयसमेत सँगै भएका उनीहरु मिल्ने साथी थिए पप्पु पूर्वे । मायाप्रेम थियो, उनीहरुको । केही वर्षअघि पप्पु वैदेशिक रोजगारीका लागि बिदेशिए ।
२०७१ साल मंसिर २० गते बिहान ११ बजेतिर गुहेश्वरीमा साथी गीताको बिहेमा जाँदै गर्दा सेतोपुल नजिकको पेट्रोल पम्पमा पप्पु राक्षस भएर निस्किए । अनुपा र कञ्चन नाम गरेका दुई जना साथीसँगै रहेकी ऋतुलाई ‘धोकेबाज’ पप्पुले लगातार पाँच पटक छातीमा छुरी धसे ।
छातीमा छुरी धसिएकी ऋतुलाई तत्कालै उद्दार गर्न प्रहरी आएन । ऋतुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल लगियो । उपचार सम्भव भएन । लगत्तै शिक्षण अस्पताल महाराजगन्ज लगियो । केहीबेरमै उनलाई चिकित्सकलाई मृत घोषणा गरे /
source dainik-online-khabar
