चलचित्र प्रचारका लागि अब्बल मानिएका निर्माता सुनिल रावलले वैशाख २५ गतेबाट चल्ने आफ्नो सिक्वेल चलचित्र ‘होस्टेल रिटन्स’का लागि कलेज क्याम्पियन सुरु गरेका छन् । आज काठमाण्डौको एक कलेजले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमको फाइदा उनले पनि उठाएका छन् ।
चलचित्रको पहिलो पटक २ गीतको अडियो कलेज विद्यार्थी माझ सार्वजनिक गरिएको छ । यस्तै, चलचित्रको प्रोमो सार्वजनिक गर्न नयाँ तरिका अपनाइएको छ । प्रोमो सार्वजनिक गर्दै कलाकारले लाइफ प्रस्तुती दिएका थिए ।
चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का लगायतले लाइभ प्रस्तुती दिदै विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।
विशेषगरि चलचित्रको संवादलाई रुचाइएको पाइयो । सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्र ‘होस्टेल’को सिक्वेल हो । दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको चलचित्रले होस्टेल जीवनको कथा भनेको छ ।
चलचित्रमा देशका विभिन्न भू भागबाट एउटा होस्टेलमा आएर बस्ने विभिन्न चरित्रलाई देखाइएको छ । दुर्गिस फिल्मस्ले ‘सायद र होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ ।
नायक टपलेस, नायिका सामान्य(भिडियो रिपोर्ट)