पैसा निकाल्न चोरले एटीएम नै बमले उडायो (भिडियो सहित)

यो घटना अष्ट्रेलियाको डारविनमा अवस्थित एटीएममा भएको हो । एटीएममा जडित सीसीटीबी फुटेजबाट सो घटनाको रहस्य खुलेको थियो । एक व्यक्ति जसले टीसर्ट र हाफ प्यान्टको साथै चप्पल लगाएको थियो । उक्त व्यक्ति एटीएमको नजिकै पुग्यो र दायाँ बायाँ हेर्यो र बम लगायो । एकछिनमा बम पड्कियो र एटीएम तहस नहस भयो साथै उक्त व्यक्ति पनि भूईमा लड्यो र तुरुन्तै चप्पल लगाएर भाग्यो ।
पुलिस अधिकारी भन्छन् एटीएम उडाउनको लागि उसले कुनै विस्फोटक ग्यासको प्रयोग गरेको हुनुपर्छ । यो सबै कुरा सीसीटीबी क्यामरामा कैद भएको थियो । र सोही व्यक्तिले क्रिसमसमा पनि यस्तै घटना गरेको पुलिस बताउछ ।
तर चोरले भने पैसा नै नलिई भागेको पुलिसले बताएको छ । by nepali headlines
