नेपालका युवा युवतीहरु १८ वर्षमै सेक्स अनुभव




नेपालका युवा युवतीहरुले १८ वर्षकै उमेरमा पहिलो पटक यौन सम्पर्क राख्ने गरेको एक सरकारी सर्वेक्षणले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार किशोर किशोरीले सरदर १८ वर्षमै पहिलो पटक यौन सम्पर्क गर्ने गरेके पाइृएको छ ।

मन्त्रालयका अनुसार २०१० ÷११ मा सर्वेक्षण गर्दा १५ वर्ष नपुग्दै ७ प्रतिशत किशोर किशोरी यौन सम्पर्क राख्थे तर नया सर्वेक्षणमा ७२ प्रतिशत किशोर किशोरीले यौन सम्पर्क राख्ने गरेको २४ प्रतिशतले व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड विच सहवास गरेको र ३ प्रतिशतले आफुले चिनेजानेको व्यक्तिसंग यौन सम्पर्क गर्ने गरेकेा सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो यो प्रतिवेदनमा युवा युवती डबल अफेयर रुचाउने गरेको देखाएको छ । १० देखि २४ वर्षका किशोर किशोरीेले एकै साथ डबल अफेयर चलाईरहेको पाईएकोछ ।

एसिया पनि अहिलेको पछिल्लो अवस्थामा युरोप अमेरिका सरह प्रेम र यौनको रुपमा खुल्ला हुन खोजेको अवस्थामा नेपाली किशोर किशोरीको यो सर्वेक्षण बाहिर आएको हो ।source;onlinekhabar




प्रतिक्रिया दिनुहोस्...