यस्ता छन् स्वस्थ जीवनको लागि पुरुषले खानै पर्ने ८ खानाहरू



एजेन्सी । पुरुषहरुमा खाना प्रतिको सोखिनता महिलाहरुमा भन्दा कम हुन्छ । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष बेवास्ता गरिरहेका हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।
यहाँ हामी पुरुषहरुका लागि स्वास्थ्यबर्दक खानाहरुको चर्चा गर्दैछौ



१. गोलभेडा :गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन र भिटामिन सी भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँन मद्धत गर्नु का साथै सामान्य रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ ।
२. गहुँ र जौस्: गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन डी र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि गहु को रोटि र जौ बाट बन्ने परिकार स्वस्थका लागि उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।





३. लसुन :लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलेस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ। ।






४. साल्मोन माछा:  साल्मोन माछामा भिटामिन डी प्रसस्त पाइने प्रोटिनको भरपर्दो श्रोत हो। यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरललाई घटाउन मद्धत गर्छ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा डिप्रेसन लाई कम गर्छ ।
५. जामुन: जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।






६. ब्रोकाउली:  ब्रोकाउली, बन्दा र काउलीमा भिटामिन सी का साथै सल्फोराफेन नामक कडा रसायन पाईन्छ जुन क्यान्सरसँग लड्नका लागि एकदमै महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टोरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।
७. अण्डा:  अन्डा को नियमित सेवन ले कपाल झर्न कम हुन्छ । अण्डामा भिटामिन ए, डी, क्याल्सियम, आइरन्, म्याग्नेसियम का साथै प्रोटिनको उच्च मात्रा
हुन्छ भने कपाल बढाउन सहयोग गर्छ ।

८. अनारको जुस: अनारको जुसमा भिटामिन सी, म्याग्नेसियम, कार्बोहाइड्रेट, आइरन पाइनेहुनाले यो निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन्। यो गर्वबती महिलाको लागि निकै उपयोगी हुन्छ।source:npnews  




प्रतिक्रिया दिनुहोस्...