तपाईंको आँखाको रङले तपाईंको बारेमा यस्तो रहस्य बताउँछ ? थाहा पाऔँ



भनिन्छ कुनै पनि व्यक्तिको आँखा उनको आत्माको ऐना हो । दुई मानिसहरुको आँखाको रङ एउटै हुँदैन । कुनै मानिसहरुको आँखामा हेर्दा तपाईंले उनको इमोसन र मुड थाहा पाउन सक्नुहुन्छ ।

हाम्रो रिस, माया, उदासीनता र घृणाजस्ता भावनाहरु आँखाबाट थाहा पाउन सकिन्छ । यसका साथसाथै तपाईंको आँखाले धेरै कुरा बताउनेछ । हरेक मानिस जहाँ जान्छन् त्यहाँ आफ्नो व्यक्तित्व लिएर जाने गर्दछन् । त्यो आँखा नै हो जसले बिपरित सेक्सका मानिसहरुलाई एक–अर्काप्रति आकर्षित गर्ने गर्दछ । यसले नै हामीलाई भिडबाट अलग गर्ने गर्दछ । हाम्रो आँखाको रङले हामीलाई अरुभन्दा भिन्न बनाएर एउटा अलग पहिचान दिने गर्दछ । तपाईं जुनसुकै देशको भएता पनि आँखाको रङ र त्यसमा हुने विशेषताहरु समान हुनेछ जसले धेरै कुरा बयान गर्ने गर्दछ ।
हल्का खैरौ आँखा


अरु आँखाको रङभन्दा यो सबैभन्दा सामान्य रुपमा पाइने रङ हो । खैरो आँखा हुने मानिसहरु राम्रो र स्नेही स्वभावका हुने गर्दछन् । यस्ता व्यक्तिहरु अरुलाई आकर्षित गर्न सक्षम र घरभन्दा बाहिर रमाउने व्यक्ति हुन्छन् । यस्ता मानिसहरु दृढ र निश्चित हुने गर्दछन् । यस्ता व्यक्तिहरु सम्पत्तीको वास्ता गर्दैनन् र साथीहरु बनाउनमा विश्वास गर्दछन् ।

खैरो आँखा


यस्ता मानिसहरु शान्त, बुद्धिमान र संगठित व्यक्तित्वका हुन्छन् । यस्ता मानिसहरु आफैँमा हराइरहने किसिमका हुन्छन् तर उनीहरु बफादार सादा विचारधाराका हुन्छन् । यस्ता मानिसहरु भित्रैदेखि बलियो, तर्कसंगत विचार र कुशल नेतृत्वका हुने गर्दछन् ।

कालो आँखा


कालो आँखा हुने मानिसहरु दुर्लभ हुने मानिन्छ । कालो आँखा भएका व्यक्तिहरु रहस्य राख्ने र भावुक हुने गर्दछन् । यस्ता मानिसहरु कसैलाई पनि चाँडै विश्वास गर्दैनन तर यी व्यक्तिहरु साथीहरुको लागि भने ज्यान दिने गर्दछन् । यिनीहरु थोरै धैर्यहीन हुन्छन् तर निकै आशावादी हुने गर्दछन् ।

हरियो आँखा


हरियो आँखा हुने मानिसहरु बुद्धिमान र स्वचालित हुने गर्दछन् । सम्बन्धमा यिनीहरु थोरै भावुक हुने गर्दछन् । साथीहरुसँग यी व्यक्तिहरु निकै ठट्टा गर्ने गर्दछन् । जीवनमा निकै खुसी भएर बाँच्न चाहने यस्ता व्यक्तिहरु थोरै इस्र्यालु हुने गर्दछन् ।

निलो आँखा


निःसन्देह यो संसारभरी सबैभन्दा बढि रुचाइएको आँखाको रङ हो । निलो आँखा भएका मानिसहरु सुन्दर, दयालु र स्मार्ट हुने गर्दछन् । आवश्यक परेको खण्डमा यस्ता व्यक्तिहरु मद्दतको लागि सधैँ तयार हुने गर्दछन् । यिनीहरु आकर्षक र निकै फ्रेन्डली हुने मानिन्छ । source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...