पीके ले नेपालमा पनि ४ करोड कमायो



२१ पुस, काठमाडौँ ।


आमिर खान अभिनित हिन्दी फिल्म पीके ले नेपालबाट ४ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

यसअगाडी आमिर खान नै अभिनित फिल्म धुम थ्री ले नेपालबाट सवा ३ करोड संकलन गरेको  ।पीकेको यो कमाई कुनै विदेशी सिनेमाले नेपाली बक्सअफिसमा गरेको सर्वाधिक आम्दानी भएको मेरोसिनेमा डटकमले जनाएको छ ।

भारतमा ३ सय करोडको हाराहारीमा आम्दानी गरेर बलिउड बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने फिल्मले आफ्नो नाम लेखाउन सफल भएको छ ।
फिल्मले विश्वब्यापी कलेक्सन ६ करोड पुग्ने अनुमान ट्रेड बिश्लेषकहरुले गरेका  छन् ।source:nayakhabar




प्रतिक्रिया दिनुहोस्...