प्रचण्ड र बाबुराम मर्यादापालकको घेरामा परे (भिडियो सहित)



६ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले सोमबार दिउँसो बबरमहलमा आन्दोलनकारीलाई सम्बोधन गर्ने चर्चा चलेपछि कतिपय मानिसहरु उनको भाषण सुन्न बबरमहलतिर लागेका थिए । तर, प्रचण्ड भने संविधानसभाभित्रै मर्यादापालकको घेराबन्दीमा परेका छन् ।
हेर्नुहोस् भिडियो -
सभाध्यक्ष सुवास नेम्वाङले बैठक थालनी भएको घोषणा गर्नासाथ नाराबाजीमा उत्रिएका प्रचण्ड र बाबुराम मर्यादापालकको घेरामा परेका हुन् ।
मर्यादापालकले नाराबाजीमा उत्रिएका विपक्षी दलका सबै सभासदलाई गोलो हाते साङ्लो बनाएर कतै जान नसक्ने गरी घेरेका छन् । विपक्षीहरुले नारा लगाइरहँदा सभाध्यक्ष नेम्वाङ किंकर्तव्यबिमूढ देखिएका छन् ।
१५ मिनेट भन्दा बढी एकोहोरो नाराबाजी गरेका विपक्षीलाई गलाउने रणनीतिमा नेम्वाङ देखिएका छन् । नारा लगाउँदा लगाउँदै कतिपय सभासद हाई काढ्न थालेका छन् ।
एमाओवादीले साढे ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । तर, संविधानसभा भित्र नाराबाजी गर्दा पत्रकार सम्मेलनको समय समेत घर्किएको छ ।







प्रतिक्रिया दिनुहोस्...