Health
»
परपुरुषसँग शारीरिक सम्पर्क राख्दै बच्चा जन्माएर हत्या गर्ने आमा पक्राउ
परपुरुषसँग शारीरिक सम्पर्क राख्दै बच्चा जन्माएर हत्या गर्ने आमा पक्राउ
सुनसरी, माघ १३–वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान विदेशमा रहेको मौका छोपी परपुरुषसँग शारीरिक सम्पर्क राख्दै बच्चा जन्माएर हत्या गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परपूरुषसँगको अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेको अभियोगमा मोरङ्ग केराबारी–८ की ३२ वर्षीया मनकुमारी लिम्बुलाई मोरङ्ग प्रहरीले नियन्त्रणमा लिएको हो । बच्चा जन्माउने वित्तिकै मारेर केराबारीस्थित खदमखोलामा फाल्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक दुर्गा दहालले बताए । मृतक बच्चा र बच्चाकी आमा ३२ वर्षीया लिम्बु हाल प्रहरी नियन्त्रणमा रहेको र उनी विरुद्ध ज्यान मुद्दा दर्ता भइसकेको इलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ । प्रहरी हिरासतमा रहेकी सो महिलाको श्रीमान विगत अढाइ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेको प्रहरीबाट बुझिएको छ । source naya kahabar
प्रतिक्रिया दिनुहोस्...