फेसबुकको अनौठो तथ्य सार्वजनिक



हालै गरिएको एक सर्वेले फेसबुक प्रयोग गर्ने विद्यार्थीहरुले परीक्षामा राम्रो अंक ल्याएर उत्तिर्ण हूने अनौठो तथ्य बाहिर ल्याएको छ । करिव १६०० विद्यार्थीमा गरिएको यस्तो अध्यनले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने विद्यार्थीहरुले साथी बनाउन र समूहमा काम गर्न तथा परीक्षमा समेत राम्रो गर्न सक्ने देखाएको हो ।




अमेरिकाको आइओवा स्टेट युनिभर्सिटीका सहायक प्राध्यापकको नेतृत्वमा गरिएको एक अध्यनले यस्तो अनौठो तथ्य उजागर गरेको हो । सामाजिक सञ्जालमा रहेका साथीहरुसँग सम्बन्ध राखिरहन चाहने विद्यार्थीहरुको समूहमा लगाव हुने र पढाइमा समेत त्यसले प्रभाव पार्ने शोधकर्ताहरुको दावी छ ।

सामाजिक सञ्जालमा भुल्ने विद्यार्थीहरुले एकै पटक के के गर्छन् भनेर यो अध्यन गरिएको थियो ।

फेसबुकमा सक्रिय हुने र विभिन्न सामग्री शेयर गर्ने विद्यार्थीको नतिजा पनि राम्रो पाइएको अध्यनकर्ताको भनाइ छ ।

पढाइमा राम्रो नहुनेहरुले पनि फेसबुक चलाउने गरेपनि यसको प्रत्यक्ष सम्बन्ध नरहेको दावी समेत उनीहरुले गरेका छन् ।

त्यतिमात्र होइन फेसबुक प्योग गर्नेहरुले नै राम्रो जागिर पाउने समेत शोधकर्तहरुको दावी छ । यस्ता विद्यार्थीको सम्बन्ध राम्रो हुने र सम्बन्धबाटै सफलता पाउने शोधको निष्कर्ष छ ।

यो शोध जर्नल अफ अप्लाइड डिभलपमेन्ट साइकोलोजीमा प्रकाशित छ ।source:naulo khabar






प्रतिक्रिया दिनुहोस्...