कतै एक्सन त कतै रोमान्टिक अवतारमा रेखा(फोटो फिचरसहित)




नायिका रेखा थापा नारी प्रधान चलचित्रमा केन्द्रित छिन् । उनले आफ्नै ब्यानरबाट निर्माण गरेका सबैजसो चलचित्र नारी प्रधान नै हुन्छन् ।


पौष २५ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तथास्तु’मा पनि रेखाको यस्तै भूमिका देख्न सकिन्छ ।
रेखाले चलचित्रमा रोमान्टिकदेखि एक्सन भूमिका गरेकी छिन् । चलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठ रेखालाई हेरेर नै कथावस्तु कोरिएको बताउँछन् । निर्माणपक्षले सार्वजनिक गरेको रेखाका विभिन्न तस्बिरमा उनी कतै एक्सन गर्दै गरेको अवस्थामा छिन् त कतै रोमान्टिक मुडमा देखिएकी छिन् ।
एउटा महिला आफ्नै घर भित्र कसरी बलात्कृत हुन्छे भन्ने कथालाई सविर श्रेष्ठको यो चलचित्रले देखाउन खोजेको छ ।
चलचित्रमा सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
source:onlinekahabar




प्रतिक्रिया दिनुहोस्...