मेरो स्तन ठुलो छ, मेरो नदेखिए के लोग्ने मान्छेको देखिन्छ त ? ज्योती मगर



मेरो स्तन ठुलो छ, अलिअलि त देखिहाल्छ नि ! :
यसो भन्छिन ज्योति मगर यतिबेला गायिका
ज्योती मगरको पहिरनको विषयलाई लिएर सहरमा
ठूलै चर्चा परिचर्चा चल्ने गरेको छ । गायिका
ज्योती मगरको उत्ताउलो र भड्काउ पहिरनकै कारण
नेपाल टेलिभिजनको ‘टि टाइम’ नामक मनोरञ्जन शो
र हिमालय टेलिभिजनको ‘जोगेन्दर बोले प्रणम जी’
नामक कार्यक्रमका लागि रेकर्ड गरिएको अन्तर्वाता
प्रशारण भएन । माउन्टेन टेलिभिजनको ‘तीज विशेष’
कार्यक्रममा भने उनी भद्र तरिकाबाट अन्तर्वाताका
लागि पुगेकी थिइन् ।

उनीसँग अन्तर्वाता लिने पत्रकार विश्व लिम्बू
ज्योती मगर मिडियामा हल्ला चले जस्तै उत्ताउली
नभएको बताउँछन् । लिम्बूले अन्तर्वाता लिँदा
ज्योति सामान्य रुपमै आएकी थिइन् र तीजको गीत
पनि गाएकी थिइन् । लिम्बूले उनको ड्रेसअपका
बारेमा बजारमा चलेको हल्लाका बारेमा पनि
ज्योतिलाई प्रश्न गरेका थिए । तपाईको ड्रेसअपको
त निक्कै चर्चा छ नी, अहिले त सामान्य देखिनुहुन्छ ?
लिम्बुको प्रश्न नसकँदै ज्योतिले जवाफ दिइन् ‘फोहर
मन हुनेले किचेनलाई पनि बाथरुम देख्न सक्छन् नी ।
ज्योतिले आफूले दुई थरी व्यक्ति भेटेको उल्लेख गर्दै
‘शारीरिक सन्तुष्टी चाहने र साँच्चिकै माया गर्ने
दुईथरीका युवाहरुले आफूलाई बेला बेलामा प्रस्ताव
राख्ने गरेको तर, अहिलेसम्म आफु कसैको पनि मायामा
नपरेको’ बताएकी थिइन् । उनको स्तन प्रदर्शनका
बारेमा बजारमा अनावश्यक हल्ला चलेपनि उनले
एनटीभी र हिमालय टेलिभिजनले देखाउन नहुने चीज
देखाईएको फिल्मका ट्रेलर पैसाका लागि बजाउने
गरेको आरोप लगाउँदै सामान्य पोशाकमा आफ्नो
‘स्तन’ अलिअली देखिदा रोकिन नाजायज भएको
बताएकी थिइन् । उनले कला पैसासँग नबेचिने दाबी
समेत गरेकी छन source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...