प्रचण्ड जी ! लुम्बिनी गएर ध्यान गर्नुस, शान्ति मिल्नेछ :माधब नेपाल
जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले आफ्नै अडान र आवेशमा आएर गरिने कतिपय निर्णयहरु आत्मघाती हुने भन्दै एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट टाढा नजान आग्रह गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई नामका कारण शान्तिमा बाटोमा हिड्न समस्या भएको भए नाम परिवर्तन गरी पुष्पकमल राख्न उनले आग्रह गरे। यदि तपाईलाई प्रचण्ड नामको कारण कुनै समस्या भएको छ भने पुष्पकमल राख्ने गर्नुस् कहाँ प्रचण्ड कहांँ पुष्पकमल, नाममा भएजस्तै कमलको फूलजस्तो सुन्दा पनि आनन्द आउने कोमल तर, आन्दोलनमा जाने कुरा किन गर्नुहुन्छ ।
बुद्धले लिएको शान्तिको बाटोमा हिड्न र मनलाई शान्त बनाउन केहि समय लुम्बिनीमा आएर ध्यान गर्नसमेत उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरे। एकहप्ता लुम्बिनिमा आएर बस्नोस् शान्ति मिल्ने छ मनमा आनन्द आउने छ।source:taja khabar




